प्रस, परवानीपुर, २१ मङ्सिर/

वीरगंजका चामल उद्योगीले भारतबाट धान भिœयाउन शुरू गरेका छन् । भारतको बिहार र उत्तरप्रदेश राज्यका विभिन्न ठाउँबाट यहाँका चामल उद्योगीले धान आयात गरिरहेका छन् । दीपावलीदेखि माघसम्म धान खरीद गरी भण्डारण गर्ने चामल उद्योगीहरूले अहिले चामल उत्पादन गरी बिक्री गर्न शुरू गरेको एकजना उद्योगीले बताए ।

नेपाल चामल, तेल, दाल सङ्घका अध्यक्ष सुबोध गुप्ताले स्वदेशी चामल उद्योगले चामल उत्पादनको लागि ६० प्रतिशत स्वदेशी धान र ४० प्रतिशत भारतीय धानमा निर्भर हुनुपरेको बताए । उनले सोही अनुसार धान खरीद भइरहेको बताए । नेपाली धानबाट चामल कम निस्कने गरेको तर भारतीय धानको गुणस्तर तथा मोइस्चर पनि राम्रो हुने भएकोले भारतीय धानको आयात बढेको उनले बताए । धान आयातमा पाँच प्रतिशत भन्सार महसूल मात्र लाग्छ ।

परवानीपुरस्थित ओम एग्रोका सञ्चालक सुरेश रूँगटाले हाल भारतीय सोना मन्सुली धान प्रतिकिलो भारु १८ र जीरा मसिनो प्रतिकिलो भारु ३० मा खरीद भइरहेको बताए । वीरगंज–पथलैया, वीरगंज–पोखरिया र वीरगंज–कलैया सडकखण्डमा सञ्चालित करीब दुई दर्जन राइस मिलले अहिले सोना मन्सुलीको थोक मूल्य प्रतिकिलो रु ४० र जीरा मसिनो प्रतिकिलो ५४–५५ रुपैयाँमा बिक्री गरिरहेका छन् । व्यवसायीका अनुसार थोक मूल्यमा २० प्रतिशत बढी लिएर रिटेलरलाई बिक्री हुने गरेको छ ।

केही खुद्रा पसलेले सुगमताको आधारमा सोना मन्सुली र जीरा मसिनो चामल प्रतिकिलोमा रु ५ देखि ८ सम्म बढी मूल्य लिएर बिक्री गर्ने गरेको उपभोक्ताहरूको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here