प्रस, परवानीपुर, मङ्सिर/
बारा जिल्लामा नेपाली काङ्ग्रेसको क्षेत्रीय अधिवेशनमा चारवटै क्षेत्रमा देउवा पक्ष विजयी भएको छ । चारवटै क्षेत्रमा निर्वाचन विधिबाट क्षेत्रीय सभापतिहरूको चयन भएको हो । मतपरिणाम अनुसार क्षेत्र नं १ मा विजयशङ्कर यादव, क्षेत्र नं २ मा रामप्रवेश यादव, क्षेत्र नं ३ मा प्रभात चौरसिया र क्षेत्र नं ४ मा सुनील गुप्ता क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् ।
क्ष्Fेत्र नं १ मा यादवले १०४ मत बढी ल्याएर चौधरीलाई पराजित गरेका थिए । क्षेत्र नं १ मा ६४२ मत खसेको थियो र यादवले ३५८ तथा चौधरीले २५४ मत प्राप्त गरेका थिए ।
क्षेत्र नं २ मा रामप्रवेश यादवले ६३ मत बढी प्राप्त गरी महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवलाई पराजित गरे । उनले कुल ३७६ मत प्राप्त गरे भने नगरप्रमुख यादवले ३१३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी, क्षेत्र नं ३ को क्षेत्रीय सभापतिमा प्रभातकुमार चौरसिया निर्वाचित भएका छन् । क्षेत्र नं ३ मा खसेको ५५८ मतमध्ये चौरसियाले ३०२ मत र कुशवाहाले २९१ मत ल्याएका थिए । त्यसैगरी, निर्वाचन क्षेत्र नं ४ मा सुनील गुप्ता निर्वाचित भएका छन् । गुप्ताले ६७ मत बढी ल्याएर लालबाबू सिंहलाई पराजित गरे । क्षेत्र नं ४ मा ५०३ मत खसेकामा गुप्ताले २८३ मत र सिंहले २१९ मत ल्याएका थिए ।