काठमाडौं, १९ मङ्सिर/रासस

लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ११३ रनअन्तरले पराजित गर्दै यू–१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा जीतका लागि २१३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन जोडे भने कप्तान खड्क बोहराले २१, शेर मल्लले १५ तथा नारायण जोशीले ११ रन जोड्दै बाहिरिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका अजय चौहानले सर्वाधिक पाँच विकेट लिंदा दुर्गेश गुप्ताले तीन तथा मोहम्मद हुसेनले दुई विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१२ रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रनको योगदान दिए । देवले ९५ बल खेल्दै पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै, विशाल विक्रम केसीले ५१, दुर्गेश गुप्ताले ३२ तथा प्रज्ज्वल थापाले २४ रन जोडे ।

सुदूरपश्चिमका आकाश चन्दले सर्वाधिक तीन विकेट हात पारे । शेर मल्ल र हेमन्त धामीले समान दुई/दुई विकेट लिए । नरेन साउद र राहुल भण्डारीले एक/एक विकेट लिए । राउन्ड रोबिनको आधारमा खेलाइएको उक्त प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here