प्रस, वीरगंज, १५ मङ्सिर/
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले शिक्षा र चेतनाको कमीले समाजमा बोक्सीजस्तो कुप्रथा जीवित रहेको बताए । उनले यसको अन्त्यका लागि शिक्ष्Fाको स्तर र जनचेतना बढाउन आवश्यक भएको बताए । राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको सहयोगमा वीरगंज पब्लिक कलेजमा आयोजना गरेको कार्यक्रममा प्रजिअ ढकालले अशिक्षित व्यक्तिहरूले अङ्गीकार गरेका कुप्रथालाई शिक्षित जमातले पनि निरन्तरता दिंदै आएकोमा दुःख व्यक्त गरे । उनले सहभागी विद्यार्थीहरूलाई यस्ता खाले कुप्रथाविरुद्ध जागरण फैलाउन आग्रह गरे ।
प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बोक्सी हुन्छ भन्ने कुराको अन्त्य गर्नुपर्ने बताए । उनले गलत प्रकृतिको मानसिकता विकसित भएको र यसलाई हटाउन विद्यार्थीहरूको भूमिका महŒवपूर्ण हुने बताए । उनले समाजका सबै मानिसलाई समान दृष्टिकोणबाट हेर्नुपर्ने र बोक्सीको आरोप लगाउनेहरूलाई कानूनी कारबाई गर्ने चेतावनी दिए ।
प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायले राष्ट्रव्यापी शिक्षामूलक कार्यक्रमको परिणाम अहिले धेरै मानिसहरूलाई बोक्सी हुँदैन भनेर बुझाउन सफल भएको दाबी गरे । उनले प्रतिष्ठानले देशव्यापीरूपमा यो जागरण अभियान सञ्चालन गरेको र अभियानको फलस्वरूप सयभन्दा बढी महिलाहरूलाई न्याय दिलाउनुका साथै जनचेतना अभिवृद्धि गरिएको बताए ।
कार्यक्रममा जिप्रका, पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्की, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, विपिसी कलेजका हरिरत्न तुलाधरलगायतको सहभागिता थियो ।
कलेजका कोर्डिनेटर वासुदेवलाल कर्णले कार्यक्रमको सहजीकरण गरेका थिए । सो अवसरमा सहभागीहरूलाई दुई चरणमा बोक्सीसम्बन्धी वृत्तचित्र पनि देखाइएको थियो ।