प्रस, वीरगंज, १५ मङ्सिर/
रोटरी क्लब अफ वीरगंजले बुधवार दशजनालाई निश्शुल्क कृत्रिम खुट्टा उपलब्ध गराएको छ ।
वीरगंज–४ भगवती राइस मिलस्थित रोटरी क्लबको भवनमा दशजनामा कृत्रिम खुट्टा जडान गरिएको रोटरी क्लबका सचिव मुकेश अग्रवालले बताए ।
उनले मारवाडी युवा मञ्च, धरानले दशजना खुट्टा नभएका व्यक्तिलाई आज वीरगंजमा कृत्रिम खुट्टा जडान गरेको जानकारी गराए । प्रतिव्यक्ति रु १२ हजार ५ सय कृत्रिम खुट्टा जडानमा खर्च भएको सचिव अग्रवालले बताए ।