प्रस, वीरगंज, १५ मङ्सिर/

अमृत महोत्सव र विश्व एड्स दिवसको अवसरमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास कार्यालयमा बुधवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

महावाणिज्यदूत नितेश कुमारले रक्तदान कार्यक्रम गरेर कार्यक्रमको शुभारम्भ गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्राविधिक प्रमुख सौरभराज पाण्डेले बताए । रक्तदान कार्यक्रममा विजयप्रसाद शर्मा, तसुन कुमार, सुभाषचन्द्र पाण्डे, अब्दुल हमिद, लोकेन्द्र सिंह, भुपेन्द्र तोमर, मुकेश कुमारलगायत १६ जनाले रक्तदान गरेको प्राविधिक प्रमुख पाण्डेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here