पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दशौं महाधिवेशनबाट पुनः अध्यक्ष्F पदमा निर्वाचित भएका छन् । उनको तमाम प्रयासका बावजूद उनी निर्विरोध हुन सकेनन् । नेता भीम रावलले उनलाई चुनौती दिए । ओलीलाई पहिले नै थाहा थियो, प्रतिस्पर्धामा उनीसँग कोही जित्न सक्दैन, तर पनि उनले सर्वसम्मतिका लागि अन्तिम क्ष्Fणसम्म कोशिश गरे । उनी आफूमात्र होइन, पहिले नै आफूले प्रस्ताव गरेका सूची अनुसारका मानिस पनि जिते । यसले अहिले एमालेमा ओलीबाहेक कोही छैन भन्ने देखिएको छ । यो उनको लोकप्रियताको नमूना पनि हो । तर पार्टीमा मात्र लोकप्रिय भएर अधिनायकवादी शैलीमा नेतृत्व गर्ने, वैचारिक विरोधीलाई तह लगाउने, आफ्नै डम्फू बजाइरहने हो भने यस लोकप्रियताले उनको कद उकासिने छैन । निर्वाचन जित्नु एउटा कुरा हो, सबैको मन जित्न सक्नु नितान्त भिन्न कुरा हो। व्यक्तिको रूपमा ओली खारिएका राजनीतिज्ञ, असल रणनीति निर्माणकर्ता देखिएका छन् । पार्टी महाधिवेशनमा उनले दिएका अभिव्यक्ति तथा निर्वाचनमा अलिकति तलमाथि नभई आफ्नो सूची अनुसार सबैलाई विजयी बनाउनुले उनको त्यो खुबी प्रस्टिएको छ ।
असल योद्धा त्यो होइन, जसले रणसङ्ग्राम जित्दछ । असल योद्धा त्यो हो, जसले शत्रुलाई हराउन निर्धो–निर्दोषको बलि चढाउँदैन । फेरि पार्टी भनेपछि समान राजनीतिक विचारधाराका व्यक्तिहरूको सङ्गठन हो । त्यहाँ बढीमा वैयक्तिक विचार फरक हुन सक्छ, समग्रमा मतभेद र विमतिका प्रश्न उठ्दैन । र नेपालमा अहिले जुनसुकै पार्टी, उसका जस्तोसुकै अन्तर्राष्ट्रिय मान्यता रहे पनि, लोकतान्त्रिक पद्धति अँगालेर अगाडि बढिरहेको अवस्था छ । यस्तोमा व्यक्तिको अधिकार कुण्ठित पार्ने प्रयास हुनुहुँदैनथ्यो । ओलीलाई शुरूदेखि नै आफूमात्र होइन, आफूखुशी मानिसहरूलाई जिताउने विश्वास भएको स्थितिमा लोकतान्त्रिक निर्वाचन पद्धतिबाट पन्छिन खोज्नु उदेकलाग्दो कुरा हो । यसले पार्टीभित्र आफूले जे भन्यो त्यही हुनुपर्छ भन्ने दम्भ मात्र देखिन्छ । यसै दम्भले मानिसलाई तानाशाह बनाउँछ । आज विश्वमा सफलतापूर्वक साम्यवाद फस्टाइरहेको मुलुकहरूमा निश्चित नै अधिनायकवादी शासन पद्धति चलेको छ । अनि ओली पनि त्यही बाटोमा हिंड्न लागेको भान हुन्छ । जानीजानी पराजय बेहोर्न निर्वाचनमा उत्रेका एमाले नेताहरूले ओलीको विश्वास त डिगाउन सकेनन् तर उनको दम्भ भने तोडेका छन्।
नेपाली राजनीतिक दलहरूको महाधिवेशनको लर्को चलिरहेको अहिलेको बेला नेकपा एमालेको दशौं महाधिवेशन सफलता र शान्तिपूर्वक सम्पन्न भएकोमा सबैलाई खुशी लागेको छ । यही रीति र थिति अन्य पार्टीको महाधिवेशनमा देख्न पाइयोस् । पदका लागि आपसी हानथाप होइन, प्रजातान्त्रिक पद्धतिलाई शिरोपर गरी महाधिवेशनहरू सम्पन्न भए देशवासीलाई पनि खुशी हुनेछ । यी पार्टीहरूका आन्तरिक खिचोलाले नै आजसम्म देशले अनुकरणीय उन्नति गर्न सकेको छैन । पार्टीभित्रको हार र जीतको धङधङी शासनमा पुगेर प्रदर्शन हुने गरेको छ । अनि सत्तामा पुग्नेले अहमत्याइँ गर्ने, सत्ता बाहिर बस्नेले प्रमुख प्रतिपक्ष्Fीको भूमिका निर्वाह गर्नुको साटो कूटनीतिक चालहरूबाट सत्तालाई थिलथिलो पार्ने कुकृत्यहरू बारम्बार देखिइरहेका छन् । ओलीको जीतले उनी देशको सबल र ठूलो पार्टीका नेता हुन् भन्ने देखाएको छ । उनले त्यस खुबीको प्रदर्शन असल प्रतिपक्ष बनेर देश हितमा गर्न सके निश्चय नै उनलाई नेपालको राजनेता मानिनेछ ।