प्रस, वीरगंज, १४ मङ्सिर/

प्रदेशसभा सदस्य करीमा बेगमले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानले छात्राहरूलाई अध्ययनमा प्रोत्साहित गरेको बताएकी छन् ।

वीरगंज महानगरपालिका–२९ बसडिलवास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्ष्Fा ९ मा अध्ययनरत २० जना छात्रालाई मङ्गलवार साइकल वितरण गर्दै उनले साइकलका कारण छात्राहरूमा हौसला बढेको र विद्यालयबाहिर रहेका छात्राहरूलाई पनि विद्यालय जानुपर्छ भन्ने सन्देश प्रवाह भएको दाबी गरिन् ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले प्रदेश सरकारको लोकप्रिय कार्यक्रममा विपक्षीहरूको आँखा लागेको आरोप लगाए । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत प्रदेश २ को यो कार्यक्रमले प्रदेशका छोरीहरूलाई शिक्षाप्रति आकर्षित गरेको र अन्य प्रदेशमा पनि यस्ता कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिएको बताउँदै यस्तो लोकप्रिय कार्यक्रमविरुद्ध आवाज उठ्नु षड्यन्त्रबाहेक अरू केही नभएको दाबी गरे ।

कार्यक्रममा जसपा पर्साका सचिव तबरेज अहमद, सङ्घीय शिक्षक फोरम पर्साका अध्यक्ष हरेन्द्र चौरसिया, सचिव रामाधार साह, वडाध्यक्ष धर्मेन्द्रप्रसाद थारू, पूर्वप्रअ तुलसी महत, राधाकृष्ण यादवलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत प्रअ नन्दकिशोर गिरीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here