प्रस, वीरगंज, १० मङ्सिर/
भारतीय संविधान दिवस वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासको कार्यालयले कार्यक्रम आयोजना गरी मनाएको छ । कार्यक्रममा महावाणिज्यदूत नितेश कुमारले आगन्तुकहरूलाई स्वागत गर्दै भारतको संविधानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा डा अनिलकुमार सिन्हा, साहु विचार मञ्च रक्सौलका अध्यक्ष सुरेश कुमार, वीरगंज कलेजका प्रिन्सिपल विनोद गुप्ता, कानून व्यावसायी पन्नालाल गुप्ता, प्राध्यापक मोनिका सिंहले भारतीय संविधानको बारेमा चर्चा गरेका थिए भने प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, कानून व्यवसायी रामेश्वर सेढाईं र प्राध्यापक लक्ष्मी कर्णले नेपाल र भारतको संविधानका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान दिवसको अवसरमा दिएको भाषणको प्रत्यक्ष प्रसारण देखाउनुका साथै संविधान दिवसबारे तयार पारिएको वृत्तचित्र पनि देखाइएको थियो ।
कार्यक्रममा वाणिज्यदूत शैलेन्द्र कुमारले धन्यवाद र अर्का वाणिज्यदूत शशिभूषण कुमारले सहजीकरण गरेका थिए ।