प्रस, वीरगंज, ४ मङ्सिर/

वीरगंज महानगरपालिकाकामा खोप भण्डार कक्ष स्थापना भएको छ । बालबालिकाहरूलाई लगाइने नियमित खोप तथा कोभिडविरुद्धको खोप भण्डारणका लागि महानगरपालिकाले खोप भण्डार कक्षको स्थापना गरेको हो ।

खोप भण्डार कक्षको नगरप्रमुख विजयकुमार सरावगीले शनिवार उद्घाटन गर्दै स्थान अभावले आवश्यक खोपको मात्रा वीरगंजभन्दा बाहिर नै भण्डारण गर्नुपर्ने अवस्थाले वीरगंजमा समयमा खोप नपाउने समस्या भोग्दै आएका वीरगंज महानगरवासीले आगामी दिनमा भण्डारण अभावले खोप नपाउने समस्याबाट मुक्ति पाउने दाबी गरे ।

खोप भण्डार कक्ष स्थापनासँगै महानगरवासीलाई आवश्यक पर्ने खोप राख्न मिल्ने चेन कोल्ड सबस्टोर स्थापना गरेको र महानगरका बालबालिकालाई लगाइने नियमित खोप तथा कोभिडविरुद्धको खोपको पनि अभाव नहुने नगरप्रमुख सरावगीले बताए ।

चेन कोल्ड सबस्टोर स्थापनाले महानगरपालिकामा खोप सहजरूपमा पाउन सकिने नगरप्रमुख सरावगीको भनाइ छ ।

वीरगंज महानगरपालिकाले पाँच लाख रुपैयाँको खोप चीसो बनाइराख्ने रेफ्रिजेरेटर (आइएलआर), प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालबाट पनि खोप चीसो राख्ने रेफ्रिजेरेटर, एक सयवटा आइस्प्याक फ्रिजर, १६ वटा खोप बोक्ने भ्याक्सिन क्यारियर, सातवटा कोल्ड बक्स र दुईवटा धेरै खोप बोक्न मिल्ने (लक्जम्बर्ग)लगायतका उपकरणहरू महानगरपालिकामा उपलब्ध भएको स्वास्थ्य संयोजक रितेश जयसवालले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here