प्रस, जीतपुर, २९ कात्तिक/
संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेसका नेता डा शोभाकर पराजुलीले मतदाता कुनै दलका दास होइनन्, निर्णायक हुन् र मतदाताहरूको दिल, मन जितेर उनीहरूको चाहनाबमोजिम नेपाल तथा नेपालीहरूको हकहित तथा संरक्षण, विकासमा सधैं अग्रसर हुनु नै निर्वाचित जनप्रतिनिधिहरूको मुख्य दायित्व भएको बताएका छन् ।
नेपाली काङ्ग्रेस जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा सिमरामा आयोजित वडा अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि डा पराजुलीले सो कुरा बताएका हुन् । उद्घाटन समारोहमा समाजसेवी हरि अधिकारी, इच्छाबहादुर वाग्ले, ओमकृष्ण कार्की, नारायणी रायमाझीलगायतले वडा अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।
वडा अधिवेशन पुष्कर रायमाझीको अध्यक्षतामा भएको थियो ।