प्रस, बिरुवागुठी, १५ कात्तिक/

वीरगंज महानगरपालिका–२८ बगही र वडा नं २९ रतनपुरको बीचमा पर्ने भेडाहा खोलामा पक्की पुल निर्माणको लागि सोमवार सर्भे सम्पन्न भएको छ ।

प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहको पहलमा भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोडभन्दा बढीको लगानीमा हुने पुल निर्माणको लागि आज सर्भे सम्पन्न भएको हो ।

भेडाहा खोलामा पुल नहुँदा वर्षात्को समयमा पर्सागढी नगरपालिकाबाट वीरगंज महानगरपालिका आवतजावत बन्द हुने गथ्र्यो ।

प्रारम्भिक सर्भे कार्यमा प्रदेशसभा सदस्य साह, भौतिक पूर्वाधार विकास कार्यालय पर्साका प्राविधिक इन्जिनीयर विवेकानन्द झा, सन्तोष यादव, लालबाबू राय, स्थानीय वकील मियाँ, सर्जुग महतो, मदन यादवलगायत बगही र रतनपुरका स्थानीयहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here