प्रस, पचगावाँ, १४ कात्तिक/

पर्साका ग्रामीण क्षेत्रहरूमा चाडपर्वको बेला व्यापारीहरूले मृल्यवृद्धि गरेर उपभोक्ता ठगिरहेका छन् ।
बजारका व्यापारीहरूले आफूखुशी मूल्य लिने गरेको र सोको नियन्त्रण कहींकतैबाट नगरिंदा उपभोक्ताहरू ठगिंदै आएको पटेर्वासुगौली गाउँपालिका–३ का मिथलेश चौधरीले बताए ।

सीमावर्ती भारतबाट पसलेहरूले बिहान र बेलुकीको समयमा तस्करमार्फत आफ्नो पसलका लागि आवश्यक साडी, सलवार–कुर्ता, सुट, खानेतेल, चिनी, आलु, प्याज, कपडा, इलेक्ट्रोनिक सामानहरू, मोबाइल पाट्र्स, मोटरसाइकल पाट्र्सहरू भन्सार छली भिœयाउने र भन्सार शुल्क तिरे अनुसारको मुनाफा लिएर उपभोक्ता ठग्दै आएका छन् ।

पर्साका सेढवा, सुगौली, जानकीटोला, भिस्वा, पोखरिया, बहुअर्वा, डोकैला बहुअरी, महुवन, श्रीपुर पचगावाँ, रङ्गपुरटाँडीलगायतका स्थानहरूमा व्यापारीहरूले स्थानीय उपभोक्तालाई ठगी गर्दै आएको स्थानीयवासीको गुनासो छ । यहाँका व्यापारीहरूले उपभोक्तालाई कुनै पनि सामान खरीद गर्दा मूअक बिल दिंदैनन् । जिल्ला एवं पालिकास्तरमा गठन भएको बजार अनुगमन समितिले बजार अनुगमन नगर्दा पसलेहरूको मनोमानी बढेर बढी मूल्यमा सामान बिक्री गरिरहेको स्थानीयको आरोप छ ।

पटेर्वासुगौली गापाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवले व्यापारीविरुद्ध कसैले पनि उजूरी नगरेको बताए । उनले लिखित उजूरी नगरे पनि चाडपर्व भएकोले पालिकाले यसबारेमा अनुगमन गरी दोषी व्यापारीलाई कारबाई गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here