प्रस, पोखरिया, १४ कात्तिक/
पकहामैनपुर गाउँपालिकामा गर्भवती, सुत्केरी महिलाहरूलाई लक्षित गरेर प्रदान गरिएको पोषण सामग्री कमसल भएको भन्दै बहिष्कार गरिएको छ ।
गाउँपालिकाले १२ सयजना सुत्केरी, गर्भवती महिलाहरूलाई लक्षित गरेर पोषणयुक्त सामग्री वितरण गर्ने अभियान आइतवार शुरू गरेको स्वास्थ्य केन्द्र पकहामैनपुरले वडा नं ३ मा वितरण गरेको पोषण सामग्री कमसल भएको देखिएपछि महिलाहरूले सामग्री बहिष्कार गरेका थिए ।
स्वास्थ्य केन्द्र पकहामैनपुरले एक किलो चना, एक क्यारेट अन्डा, एक किलो हर्लिक्स प्रदान गरेकोमा चनामा घुन लागेको र अन्डा बिग्रिएको देखिएपछि उनीहरूले बहिष्कार गरेका थिए ।
गापा अध्यक्ष्F विजय चौरसियाले कर्मचारीहरूले सामान खरीद गरेको ठाउँबाट त्यस प्रकारको त्रुटि भएकोले सामान फिर्ता गरी नयाँ सामान वितरण गर्ने बताए । उनले आज वितरण गरिएका सामानहरू फिर्ता लिई सेवाग्राहीको घरदैलोमा पु¥याउने आश्वासन दिए ।