प्रस, कलैया, १४ कात्तिक/
नेपाल लेडिज सर्कलले बाराको करैयामाई र बारागढी गाउँपालिकामा ११ सय ७१ जना किशोरीलाई सेनेटरी प्याड वितरण गरेको छ । आइतवार कार्यक्रमको आयोजना गरी लेडिज सर्कलकी पूर्वअध्यक्ष रश्मी दासलगायतको टोलीले आसमान नेपालद्वारा सञ्चालित आरम्भ परियोजना अन्तर्गतका ५९ वटा सिकाइ केन्द्रका लागि छ सयवटा सेनेटरी प्याड हस्तान्तरण गरेको आरम्भ नेपाल बाराका परियोजना अधिकृत सुरेश ठाकुरले बताए । उनले सेनेटरी प्याड र मास्क उपलब्ध गराइएको जानकारी गराए ।
प्रतिसिकाइ केन्द्र १० वटा सेनेटरी प्याड र मास्क उपलब्ध गराइएको उनले बताए । आरम्भ नेपालले ५९ वटा सिकाइ केन्द्रमा १० देखि १९ वर्षका किशोरीहरूलाई प्रशिक्षण दिंदै आएको छ ।
कोरोनाको जोखिम अहिलेसम्म रहेकोले नेपाल लेडिज सर्कलले आरम्भ नेपालको परियोजनामा सेनेटरी प्याड र मास्क वितरण गरेको नेपाल लेडिज सर्कलकी सुषमा शर्माले बताइन् ।
कार्यक्रममा लेडिज सर्कलका अनामिका पुजारी, विप्रा क्याल, प्रीति खेतान, खुश्बु सिंघानिया, नन्दनी अग्रवाल, आरती अग्रवाल, आसमान नेपालका शिक्षा संयोजक रामप्रवेश यादव, मास्टर ट्रेनर रमेश जैसवाल, कार्यक्रम अधिकृत धर्मेन्द्र चौरसियालगायतको सहभागिता थियो ।