टोकियो, १४ कात्तिक/सिन्ह्वा
जापानको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसका सहयोगी कोमेइटोको सत्तारूढ गठबन्धनले आइतवार सम्पन्न आमनिर्वाचनमा संसद्को तल्लो सदनमा बहुमत ल्याउने क्योदो न्यूजद्वारा आइतवार सार्वजनिक सर्वेक्षणले देखाएको छ ।
सरकारको कोभिड–१९ प्रतिक्रिया र आय असमानतासँग असन्तुष्ट मतदाताहरूको समर्थनको लागि आह्वान गरेका विपक्षी दलहरूविरुद्ध ४६५ मध्ये कम्तीमा २३३ सीट प्राप्त गर्दै सत्ताधारी गठबन्धनले संसद्मा शक्तिशाली प्रतिनिधिसभामा आफ्नो बहुमत कायम राख्ने प्रक्षेपण गरिएको छ।
यद्यपि रिपोर्ट अनुसार एलडिपीको यस पहिले प्रतिनिधिसभामा रहेको २७६ सिटमध्ये केही सिट गुम्ने देखिएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले तल्लो सदनमा एलडिपी–कोमेइतो गठबन्धनले बहुमत कायम राखेको खण्डमा आफूले जीतको दाबी गर्दै सरकार निर्माणका लागि पहल गर्ने बताएका छन् ।
आमनिर्वाचनको मतदान आइतवार साँझ सकिएको छ । स्थानीय समय अनुसार ८ बजे देशभरि मतदान केन्द्र बन्द भएका छन् । मतदानस्थलमा पुगेका मतदाताले भने राति अबेरसम्म मतदान गर्न पाउनेछन् । रासस