आदेन, १४ कात्तिक/सिन्ह्वा

यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा नै भएको बम विस्फोटमा परी छजनाको ज्यान गएको छ । त्यहाँ अरू कैयौं मानिस घाइते भएका छन् । सो प्रवेशद्वारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर ठूलो सङ्ख्यामा मानिस घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पु¥याइएको छ । उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरू कैयौं सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरू यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरूले सोही समूहमाथि आशङ्का गरेको छ ।

उता साउदी अरेबियाको सेनाको नेतृत्वमा केही दिन यतादेखि यमनको मारिब शहरमा लगातार बमबारी भएको यहाँको सेनाले जनाएको छ । सो बमबारीबाट भएको क्षतिबारे भने केही बताइएको छैन । उक्त क्ष्Fेत्रमा निरन्तर केही दिन यतादेखि बमबारी भएको अधिकारीहरूले जनाएका छन् ।

मारिब शहर यमनका विद्रोहीहरूको कब्जामा रहेको शहर हो । यहाँका अधिकारीहरूले उक्त शहरमा साउदी अरेबियाको सेनाले नेतृत्व गरेको सेनाले यस अघि पनि नियन्त्रण गर्दै र हवाई तथा स्थलगतरूपमा यहाँका विद्रोहीविरुद्ध कारबाही गर्दै आएको छ ।

तेलको धनी मानिने यो शहर यमनका हुथी विद्रोहीहरूको कब्जामा छ । बेलाबेला सरकारी सेनाले पनि फिर्ता लिने गरेको यो शहरमा प्रायः हुथीहरूले नै कब्जा गर्ने गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here