प्रस, वीरगंज, १३ कात्तिक/

वीरगंजमा शनिवार भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा प्रदेश २ विपद् व्यवस्थापनको टीम विजयी भएको छ । दीपावली र छठको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रदेश २ विपद् व्यवस्थापन गुल्म वीरगंज र यहाँका विभिन्न सङ्घसंस्थाका प्रतितिनिधि सहभागी क्रिकेट प्रतियोगितामा प्रदेश २ विपद् व्यवस्थापन टीम विजयी भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा भएको मैत्रीपूर्ण खेलमा टस जितेर विभिन्न सङ्घसंस्था सम्मिलित टीमले पहिले ब्याटिङ गर्दै निर्धारित दश ओभरको खेलमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो । प्रतिउत्तरमा गुल्मले ८ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य पूरा गरी विजयी भएको हो ।

कार्यक्रममा पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, ट्राफिक प्रमुख सुमन कार्की, विपद् व्यवस्थापन गुल्मका प्रहरी निरीक्षक नितेशकुमार सिंह, प्रहरी निरीक्षक दिनेश गौतम, पुरुषोत्तम कार्की, शोभनविक्रम राणा, सामुदायिक सेवा केन्द्र मुर्लीका अध्यक्ष राम सर्राफलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण व्यवस्थित वीरगंज अभियानका संयोजक दिलीपराज कार्कीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here