प्रस, वीरगंज, १२ कात्तिक/

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र वीरगंज उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा शुक्रवार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अन्तत्र्रिmया सम्पन्न भएको छ ।

वीउवासङ्घको सभाहलमा आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताले सङ्घको ऐतिहासिक पृष्ठभूमि, यस क्षेत्रको बढ्दो आर्थिक महŒव र अपार सम्भावनाबारे जानकारी गराएका थिए । उनले यस क्षेत्रका चुनौती तथा उद्योगी– व्यवसायीहरूले भोगिरहेका समस्याहरूबारे कार्यक्रममा प्रकाश पार्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान सम्बन्धमा निजी क्षेत्रमाझ अझ अन्योलता कायमै रहेको बताए ।

अध्यक्ष डा गुप्ताले उद्योगी–व्यवसायीलगायत सर्वसाधारणलाई सो सम्बन्धमा जागरूक तुल्याउन सङ्घले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको प्रस्ट्याए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले विभागका कार्यक्षेत्र र के कस्ता वित्तीय अपराधमा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान प्रभावी हुन्छ, सोबारे अहिलेसम्म पनि निजी क्षेत्रमाझ अन्योल, भ्रम र असहजता देखिएकाले सो भ्रम तथा अन्योललाई स्पष्ट पार्दै यसको कार्यक्षेत्रलगायत विभागले गर्दै आइरहेका कार्यहरूबारे सरोकारवालाहरूलाई सुसूचित गर्ने अभिप्रायले अन्तत्र्रिmया कार्यक्रम गरिरहेको र सोही क्रममा आज वीरगंजमा अन्तक्र्रिया आयोजना गरिएको बताए ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रयासहरू हुँदै आएको उनले बताए । आपराधिक कार्यबाट आर्जित सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी अपराधलाई निस्तेज पार्ने उद्देश्यले मात्रै सम्पत्ति शुद्धीकरणको धारणा ल्याइएकोले निजी क्षेत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग नडराएर आफ्नो वैध व्यापार गर्न सुझाए । उनले वैद्य व्यापार गर्नेहरूले कुनै किसिमको डर, त्रास मान्नुपर्दैन भनी उने सजग र सचेत पारे ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसन्धान अधिकृत तेजप्रकाश प्रसाईंले कार्यपत्रमार्फत सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी धारणा, त्यसको अपरिहार्यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान ऐन, नियम ल्याउनुको कारण, सम्पत्ति शुद्धीकरण अनुसन्धान लागू गर्दा हुने फाइदालगायतका विभिन्न पक्षबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवालले धन्यवाद ज्ञापन र सहजीकरण प्रशासकीय अधिकृत मनोज उपाध्यायले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here