प्रस, गरुडा, १२ कात्तिक/

सवारी दुर्घटनामा रौतहटमा एकजना युवकको मृत्यु भएको छ भने अर्का युवक गम्भीर घाइते भएका छन् । चन्द्रपुरलाई सदरमुकाम गौरसित जोड्ने मुख्य सडकको डुमरिया–वसन्तपुर सडकखण्डको बीचमा पर्ने बस्तीपुरको हनुमान मन्दिरनजीक बिजुलीको पोलमा मोटरसाइकल ठोक्किएर हिजो बिहीवार राति गरुडा नगरपालिका–५ महम्मदपुरका युवक अभय यादवको मृत्यु भएको थियो ।

सोही घटनामा गरुडाकै अर्का युवक विजय पटेल गम्भीर घाइते भएका छन् ।चन्द्रनिगाहपुरबाट घरतर्फ जाँदै गरेको ना.२६प ६३३५ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल तीव्र गतिमा रहेको कारण मोडमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा युवक यादवको घटनास्थलमैं मृत्यु भएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ ।

घटनामा गम्भीर घाइते पटेलको चन्द्रनिगाहपुरस्थिति अपोलो अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगंज पठाइएको इप्रका, चन्द्रपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here