प्रस, सिम्रौनगढ, ७ कात्तिक/

‘केहु ना छुटो, केहु ना दोहराओ, जनगणनामे भोजपुरी लिखाओ’ भन्ने भोजपुरी नाराका साथ भोजपुरी प्रतिष्ठान बाराको आयोजनामा सिम्रौनगढ कङ्काली माविमा आइतवार अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ ।

भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष रामप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुरी भाषाको विकास र जनगणना–२०७८ को भाषा महलमा आफ्नो पुर्खाको भाषा र मातृभाषा लेखाउने सम्बन्धमा मूलरूपमा छलफल केन्द्रित थियो ।

छलफलमा कक्षा सातदेखि दशसम्मका विद्यार्थीहरूमा भोजपुरी भाषाको विकास र जनगणनामा पुर्खाको भाषा भोजपुरी र मातृभाषा भोजपुरी लेखाउन जानकारी गराइएको थियो ।

कार्यक्रममा भोजपुरी साहित्यकार सुरेन्द्र गिरी, गोपाल सेवा समिति बाराका अध्यक्ष जङ्गबहादुर यादव, भोजपुरी प्रतिष्ठान बाराका उपाध्यक्ष सुरेश मोदक, प्रतीक दैनिकका संवाददाता रामेश्वर मेहता, भोजपुरी टाइम्सका सम्पादक प्रभु यादव, साहित्यकार ध्रुवप्रसाद कुशवाहा, अरुणकुमार ओझा, महन्त यादवलगायतले विचार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण अनिलकुमार गौरवले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here