प्रस, परवानीपुर, ७ कात्तिक/
स्वास्थ्य कार्यालय पर्साको आयोजनामा वार्षिक जिल्ला समीक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीको उद्घाटन पर्साका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले गरेका थिए ।
कार्यक्रममा उनले सरकारले तोकेको लक्ष्य पूरा गराउन कोभिड महामारीमा सम्पूर्ण स्वास्थ्यकर्मीले अहम् भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि जनताको स्वास्थ्य सेवा अझै प्रभावकारी किसिमले अघि बढाउँदै लैजान सुझाव दिए ।
स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका १४ वटा पालिकाका स्वास्थ्य संयोजक, प्रतिनिधि, स्वास्थ्य क्षेत्रमा काम गर्ने देशी विदेशी गैरसरकारी संस्थाका प्रतिनिधिहरूबीच छलफल भएको थियो ।