राजेश केशरीवाल, रक्सौल, ६ कात्तिक/

पूर्वी चम्पारण कोटवा (महानन्दा) निवासी ३६ वर्षीय राजेश पासवानको पेटको शल्यक्रिया गरी २५ किलोको ट्यूमर निकालिएको छ ।

रक्सौलस्थित एसआरपी अस्पतालका सर्जन डा सुजीत कुमारले गरेको शल्यक्रियामा २५ किलो (३५ सेमी ह ३५ सेमी) आकारको ट्यूमर निकालिएको हो ।

बिहारको पटनादेखि मोतिहारीसम्मका चिकित्सकहरूसँग जाँच गराउँदा पनि शल्यक्रिया गर्न तयार नभएपछि पासवान हताश हुन पुगेका थिए ।

शल्यक्रियामा डा पिसी माझी, डा एसके मिश्रलगायतको सहभागिता रहेको अस्पताल प्रशासनले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here