प्रस, सेढवा, ६ कात्तिक/

नेपाली काङ्ग्रेसले शनिवार पाडेपुरमा कार्यक्रम सम्पन्न गरेको छ । पर्सा क्षेत्र नं ४ जगरनाथपुर गापा–१ पाडेपुरमा पार्टीका केन्द्रीय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा केस रिजालले नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले जनताको जिउन पाउनुपर्ने हकलाई प्राथमिकता दिंदै कोरोनाविरुद्धको खोप कार्यक्रमलाई व्यापक बनाएको बताए । नेका क्षेत्र नं ४ का सभापति श्रीकान्तप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद शङ्कर चौधरी, वशिष्ठनारायणप्रसाद कुर्मी, वृहस्पतिकृष्ण श्रेष्ठ, किशोरी साह, नवीन सिंह, प्रेमबहादुर थापा, धर्मेन्द्र पटेल, इमरान मियाँ, सहरुम राउत गद्दीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेकाहरूलाई नेकामा प्रवेश गराइएको थियो । नवप्रवेशीहरूलाई नेता रिजालले अबिर र टीका लगाइ स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here