प्रस, वीरगंज, ५ कात्तिक/
वीरगंज युवा समाजले महानगरस्थित विभिन्न सामाजिक संस्थालाई शुक्रवार मास्क र सेनिटाइजर वितरण गरेको छ । कोभिडको जोखिम अझै कायमै रहेकोले भीडभाडमा जाँदा मास्क लगाएर मात्रै जानुपर्छ भन्ने सन्देश प्रवाह गर्न निश्शुल्क मास्क र सेनिटाइजर वितरण गरेको संस्थाका अध्यक्ष कमल चौगाईंले बताए ।
प्रत्येक सङ्घसंस्थालाई एउटा डिब्बा मास्क र ६ थान सेनिटाइजर वितरण गरिएको समाजले जनाएको छ । युवा समाजले वीरगंज रानीघाटस्थित मानव सेवा आश्रम, आदर्शटोलस्थित आमाको माया छात्रावास र छपकैयामा रहेको यतिम खानामा मास्क र सेनिटाइजर वितरण गरेको हो ।
स्वास्थ्य सुरक्षा महŒवपूर्ण रहेकोले आवश्यक स्वास्थ्य सतर्कताको प्रारम्भिक चरणमा मास्क प्रयोग गर्नु रहेको समाजका प्रतिनिधि दिवससिंह ठकुरीले बताए ।