अबुजा, ५ कात्तिक/सिन्ह्वा
नाइजेरियामा कम्तीमा पनि ३० जना बालबालिका अपहरणमा परेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्र केबीको एक विद्यालयबाट ती बालबालिका अपहरणमा परेका हुन् । यहाँको विद्यालयबाट बिहीवार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए ।
यहाँ सशस्त्र विद्रोह गरिरहेको बोको हराम समूहले ती बालबालिका अपहरण गरी लगेको बताइएको छ । यद्यपि सो समूहले भने जिम्मेवारी लिएको छैन । यहाँ यसअघि पनि बोको हराम समूहले बालबालिकालाई विद्यालयबाट नै अपहरण गरी लग्ने गरेकोले यी ३० जना पनि सोही समूहले लगेको प्रहरीले अनुमान गरेको छ ।
उक्त विद्रोही समूहले विद्यालयबाट नै जबरजस्ती बालबालिकालाई अपहरण गरी लैजाने र विद्रोही समूहमा लगाउने गरेको छ । यहाँका प्रहरी अधिकारीले ती बालबालिकाको खोजी कार्य शुरू गरेको जनाएका छन् । रासस