प्रस, वीरगंज, ३ कात्तिक/

जनता समाजवादी पार्टी, नेपाल पर्साको वीरगंजस्थित पार्टी कार्यालय खाली गराउन प्रशासनमा उजूरी परेको छ । बारा, प्रसौनी गाउँपालिका–३ निवासी घरधनी वैद्यनाथप्रसाद साहले जिल्ला प्रशासन कार्यालय, पर्सामा निवेदन दर्ता गराउँदै पार्टी कार्यालय खाली गराउन माग गरेका हुन् ।

पछिल्लो ४३ महीनादेखि घरभाडा दिने पार्टीका जिल्लास्तरीय नेताले आलटाल गर्दै आएको र पटक–पटक ताकेदा गर्दा पनि कुनै सुनवाइ नभएकोले प्रशासनमा उजूरी दिएको जानकारी गराए ।
उनका अनुसार वीरगंज–१२ सुरेश आयलछेउमा भएको घरको पहिलो तलामा सो पार्टीले भाडामा फ्लैट लिएर पार्टी कार्यालयको सञ्चालन गर्दैआएको छ ।

मासिक रू ८ हजारको दरले ४३ महीनाको रू ३ लाख ४४ हजार पनि असूलउपर गराइ दिन पनि प्रशासनसँग माग गरिएको घरधनीले निवेदन पत्रमा उल्लेख गरेका छन् ।

भाडा बाँकी रहेको सन्दर्भमा जसपा पर्साका सचिव तबरेज अहमदले उनले ५ महीनाको भाडा रु ४० हजार तिरिसकेको र केही कात्तिक १४ गतेभित्र बाँकी भाडाको विषयमा हिसाबकिताब गरी भाडा बुझाउने बताए । उनले घरधनीले पहिलेभन्दै अर्कै कोठामा आफ्नो सामान कोचेर राखिदिएकोले अहिलेसम्म कार्यालय निस्क्रिय रुपमा रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here