राजेश केशरीवाल, रक्सौल, २ कात्तिक/

बिहार रक्सौलको सिसवा पञ्चायतमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

सोमवार बिहान खेतमा काम गरी घर फर्कने क्रममा पन्नालाल रायको करेन्ट लागेर घटनास्थलमैं मृत्यु भएको थियो भने उनीसँगै रहेका अशोक राय गम्भीर घाइते भएका छन् ।

गाउँमैं सञ्चालित कुखुरा फार्मको पछाडि स्याललाई रोक्न लगाइएको नाङ्गो तारको चपेट उनीहरू आएको स्थानीयले बताए ।

मृतक पन्नालाल रायको शव शल्यपरीक्षणका लागि मोतिहारी पठाइएको छ भने घाइते अशोकको उपचार रक्सौलस्थित अस्पताल भइरहेको रक्सौल थानाका प्रभारी इन्स्पेक्टर शशीभूषण ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here