प्रस, रौतहट, २ कात्तिक/

नेपाल सोनार समाज रौतहटको साधारणसभा तथा दोस्रो अधिवेशनमा प्रमुख अतिथि डा महादेव साहले जातीय उत्थानका लागि एकता जरुरी रहेको बताए । उनले सोनार जाति अन्य जातिको तुलनामा पछाडि परेकोले साझा उत्थानमा योगदान गर्न जरुरी रहेको बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ प्रदेश २ का सभापति रामजी साह सोनारले आफूले सोनार जातिको उत्थानका लागि अहोरात्र खटेको बताए । उनले आफ्नो कामकाज छोडी सोनार जातिका लागि गाउँँगाउँँ घुमेको बताए । उनले शिवनगरका प्रसाद साहले अस्पतालका लागि दिएको १० कट्ठा जग्गामा सालिक बनाउन लागेको जानकारी गराए ।

उनले सोनार जातिका बालबालिकालाई अध्ययनमा जोड दिन अपील गरे । बालबालिकाको अध्ययनमा कुनै कठिनाइ भए सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले सोनार जातिमा दाइजो प्रथा बढ्दै गएकोले यसको अन्त्य रौतहटबाट नै हुनुपर्ने आग्रह गरे ।

मौलापुर मालपोत कार्यालयका प्रशासकीय अधिकृत बाबुनन्द साहले चिकित्सक छोराको विनादहेज विवाह गरेकोमा सभापति साहलाई आभार व्यक्त गरे ।

कार्यक्रममा श्रीचरण साह, चन्द्र साह, मोरङ जिल्ला अध्यक्ष महेशकुमार साह, बाबुनन्द साह, लालबहादुर साह, मनोज साह, दामोदर साह, उमेश सोनी, मुकेश साह, सरोज साह, जयप्रकाश साह, सगुनी साह, डा महादेव साह, रामजी साह, डा नीतुरानी सर्राफ, राकेश साह, राजेश साह, गोवपन्द साह, पूजा सोनी, प्रभुप्रसाद साह, डा कृष्णानन्दन साह, डा कुन्दन सागर, नरेश साह, इन्जिनीयर डा महादेव साह, जयकिशाोर साह, दिलीपकुमार साह, सुरज साह, राजु साह, अरुणकुमार सोनी, ओमप्रकाश साह, उमेश साह, श्यामबाबू साह, रामबाबू साह, सुरेन्द्र साह, रामप्रवेश साह, हरिओम साह, दीपनानारायण साह, रामजीवन साहलगायतलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here