नयाँ दिल्ली, २ कात्तिकरएएनआई
पछिल्लो एक दिनमा भारतमा १३ हजार ५८ जना थप कोरोना भाइरसका सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलवार जानकारी दिएको छ । यो सङ्ख्या २३१ दिनयताको सबैभन्दा कम भएको पनि सो मन्त्रालयले जनाएको छ ।
भारतमा अहिले सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या भने १ लाख ८३ हजार ११८ रहेको अधिकारीले जनाएका छन् । यो सङ्ख्या २२७ दिनयताको सबैभन्दा कम भएको पनि जनाइएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या कुल सङ्क्रमितको ०।५४ प्रतिशत मात्र रहेको मङ्गलवार प्राप्त समाचारमा जनाइएको छ ।
कोरोना भाइरसको महामारी शुरू भएयता हाल सङ्क्रमणमुक्त दर ९८।१४ प्रतिशत भएको मन्त्रालयले मङ्गलवार जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ५९ करोड ३१ लाख व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको छ ।
भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो ।
सो समयदेखि हालसम्म ९८ करोड ६७ लाख मात्रा खोप लगाइएको पनि सो मन्त्रालय जनाएको छ। रासस