प्रस, जनकपुरधाम, १ कात्तिक/
प्रदेश २ सरकारले भोलि कात्तिक २ गते मङ्गलवार सार्वजनिक बिदा दिने भएको छ । इस्लाम धर्माम्वलम्बीहरूका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा प्रदेश २ सरकारले २०७८ कात्तिक २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पैगम्बर हजरत मोहम्मदको जन्मदिनको अवसरमा बिदा दिने कुरा मुलुकको राजपत्रमा उल्लेख गरिएको र सोहीबमोजिम सार्वजनिक बिदा दिइएको प्रदेश २ सरकारको निर्णयमा उल्लेख छ । दशैं बिदापछि सञ्चालनमा आउने सरकारी कार्यालयहरू अब बुधवारबाट मात्र सञ्चालनमा आउने भएका छन् ।