प्रस, वीरगंज, १ कात्तिक/
वीरगंज महानगरपालिका प्रतिमा चोकमा नेपालको लागि क्लासिक लिजेन्ड्स अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले जावा मोटरसाइकलको शो रूम सञ्चालनमा ल्याएको छ ।
कम्पनीका वीरगंज डिलर एसआर मोटोकर्पले उक्त शो रूम आज सोमवार एक कार्यक्रम गरी उद्घाटन गरेको छ । वीरगंज र आसपासका क्षेत्रमा मोटरसाइकलको सङ्ख्या निकै रहेको र मोटरसाइकलप्रेमीबीच जावा प्रतिष्ठित ब्रान्ड रहेको एसआर मोटोकर्पका प्रबन्ध निर्देशक रवीन्द्र श्रेष्ठले बताए ।
कम्पनीले मोटरसाइकलप्रेमीहरूले अब जावा, जावा फोर्टी–टु र फ्याक्ट्री निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बूक गर्न सक्ने र टेस्ट ड्राइभ पनि गर्न सक्ने जनाएको छ ।
जावा हालको चेक गणतन्त्र र तत्कालीन चेकोस्लोभाकियामा ९० वर्षपहिले उत्पादन हुँदै आएको विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड हो । यो मोटरसाइकल कुनै बेला १२० भन्दा बढी देश निर्यात हुन्थ्यो । यो सन् ६० को दशकमा भारतमा प्रवेश गरेको हो ।