प्रस, वीरगंज, २५ असोज/

पर्सा जिल्लामा २५ प्रतिशत जनसङ्ख्याले कोभिडविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत पशुपति यादवले पहिलो र दोस्रो मात्राको खोप गरी २५ प्रतिशतले खोप लगाइसकेको बताए ।

उनले कोभिशिल्डको पहिलो मात्रा ३६ हजार १३० जनाले लगाएको, भेरोसेलको पहिलो मात्रा २३ हजार ९३ जनाले लगाएको, अस्ट्राजेनिकाको पहिलो मात्रा २३ हजार ९३ जना र जोनसनको खोप ३३ हजार ४०७ जनाले लगाएको बताए ।

पहिलो चरणको खोप करीब २८ प्रतिशतले लगाएको उनले बताए । यसैगरी, दोस्रो चरणको खोप कोभिशिल्ड ९ हजार २६४ जना, भेरोसेल ३९ हजार ४६६ जना र अस्ट्राजेनिका २१ हजार ९८२ जनाले लगाएको खोप अधिकृत यादवले बताए । दोस्रो चरणको खोप २३.३८ प्रतिशतले लगाएको उनले बताएका छन् ।

पर्सा जिल्लामा पहिलो चरणको खोप १ लाख २२ हजार ९६० जना र दोस्रो चरणको खोप १ लाख ४ हजार ११९ जनाले गरी २ लाख २६ हजार २६ जनाले खोप लगाइसकेको उनले बताए । पर्सा जिल्लामा १९ वर्षमाथिका चार लाख ४५ हजार ३६८ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा हालसम्म २ लाख २६ हजार ७९ जनालाई लगाइसकेको उनले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here