प्रस, पर्सागढी, २३ असोज/
पर्सागढी नगरपालिका– ७ स्थित रविदास मन्दिरमा रविदास मिसन नेपालको जिल्लास्तरीय भेला सम्पन्न भएको छ । रामाश्रेय रामको अध्यक्षतामा सम्पन्न भेलाको उद्घाटन नगरप्रमुख लोकनारायण यादवले गरेका थिए ।
सो अवसरमा उनले समाजबाट छुवाछूत हटाउनुपर्ने बताए । अहिलेको समयमा शिक्षा र ज्ञानको कुरा छाडेर छुवाछूत जस्तो समाजको विकृतिलाई अँगालेर हिंड्ने हो भने समाजले कहिले प्रगति गर्न नसक्ने बताए । उनले अहिले पनि पुरानै सोचमा समाज अघि बढिरहेकोमा चिन्ता व्यक्त गरे। उनले रविदास मन्दिरमा भौतिक सुधारका साथै मन्दिरको व्यवस्थापन नगरपालिकाबाट गरिने घोषणा गरे । भेलाले ३८ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।
जवाहिर रामको अध्यक्षतामा गठित समितिको वरिष्ठ उपाध्यक्ष रामप्रीत राम, वासुदेव राम, सचिव वर्मानन्द नेपाली र कोषाध्यक्षमा सविता देवीलगायत छन् ।
कार्यक्रममा वडाध्यक्ष किसुनदेवप्रसाद यादव, काङ्ग्रेसका नगर संयोजक विश्वमोहन दास, प्रदीप चौरसिया, अशोक साह, रविदास मिसन प्रदेश २ का अध्यक्ष विक्रम राम, उपाध्यक्ष सत्यनारायण राम, सदस्यहरू प्रह्लाद राम, मोतीलाल रामलगायतले मन्तव्य व्यक्त गरेका थिए ।