प्रस, वीरगंज, २३ असोज/

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको शनिवार वीरगंजमा पुतला दहन गरिएको छ । जसपाका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनका समर्थकहरूले वीरगंजको घण्टाघरमा आज बिहान पुतला दहन गरेका हुन् ।

वीरगंजमा मोटरसाइकल ¥याली निकाली समर्थकहरूले विरोध जनाउँदै नाराबाजी पनि गरेका थिए। ¥यालीमा सहभागीहरूले वीरगंजलाई ठग्न पाइँदैन, उपेन्द्र यादव मुर्दाबाद, व्यक्तिवादी राजनीति चल्दैन जस्ता नाराबाजी गरिएको थियो ।

मन्त्री सूचीबाट सांसद प्रदीप यादवको नाम हटेपछि हिजै साँझदेखि सामाजिक सञ्जालमा जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध सांसद यादवका समर्थकहरूले विरोध शुरू गरेका थिए । जसपा पर्साका अध्यक्ष रामनरेश यादवले पार्टीको निर्णय सर्वोपरि भएको भन्दै विरोधमा उत्रिएका कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here