प्रस, विन्ध्यवासिनी, २३ असोज/

पकाहामैनपुर गाउँपालिकामा शनिवार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा पकाहामैनपुर युवा सञ्जालले रोकेको छ ।

नियमले विनाकाम शनिवार सरकारी गाडी चलाउन रोक लगाए पनि पकाहामैनपुर गापा अध्यक्ष विजयकुमार चौरसियाले चलाउँदै गरेको अवस्थामा वडा नं २ मधुवनीमा युवा सञ्जालका युवाहरूले गाडी रोकेका थिए ।

गापा अध्यक्ष चौरसिया चढेको ना.१झ १६८६ नम्बरको स्कार्पियो युवा सञ्जालले रोकी सोबारे प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेलाई जानकारी गराएको थियो । फोनमार्फत युवा सञ्जालले जानकारी गराउँदा प्रजिअ घिमिरेले मौखिकरूपमा एकपटकको लागि छोड्न भनेका थिए।

आगामी शनिवार वा बिदाका दिन सवारीसाधन चलाउन परे पास लिएर मात्र चलाउनुपर्ने सहमति भएपछि सञ्जालका युवाहरूले गाडी छोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here