प्रस, जीतपुर, २२ असोज/
मुलुकको आर्थिक, सामाजिक, राजनीतिक विकासको लागि सरकारले हामीसँग सहकार्य गर्नुपर्छ, किन गर्दैन ? राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेतीले प्रश्न गरे ।
हातेमालो सहकारी संस्थाको १४औं वार्षिक साधारणसभा समारोहमा उप्रेतीले भने, “हातेमालो सहकारीले मुलुकको आर्थिक, सामाजिक, राजनीतिक विकासमा उल्लेखनीय योगदान पु¥याएको सबैसामु प्रस्ट छ ।” कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले शिक्षा, स्वास्थ्य, सडकको विकास नभएसम्म सबै विकास अधूरो छ, त्यसैले यस भेगको समग्र विकासको लागि सहकार्य गर्न तयार छु, सहकार्य गरौं, विकास गरौं भने ।
कार्यक्रममा बारा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष मिश्रीलाल सहनी, बारा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सत्येन्द्र ठाकुर, नेपाल बचत तथा ऋण सहकारी संस्था लि.का केन्द्रीय सदस्य हरेराम पटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको बन्द सत्रले निर्विरोध तथा सर्वसहमतिले पदाधिकारी चयन गरेको छ । सञ्चालक समितिको अध्यक्ष यज्ञबहादुर आले, उपाध्यक्ष्F सञ्जयकुमार साह, महिला उपाध्यक्ष देवी अधिकारी र सचिवमा दीपक भट्टलगायत चयन भएका छन् ।