बामाको, २२ असोज/सिन्ह्वा

मालीमा यहाँका आतङ्ककारीहरूले गरेको आक्रमणमा परेर कम्तीमा पनि सो¥हजना सैनिक मारिएका छन् । मालीको राष्ट्रिय सेनाले सो कुराको जानकारी दिएको हो । मध्य मालीमा बुधवार आतङ्ककारीहरूले सेनामाथि नै हमला गरेका थिए । मालीको सेनाले यहाँका अरू नौजना सेना पनि घाइते भएका बताएको छ ।

मध्य मालीको बान्डिगारा बाटोमा सेनाको गस्तीका क्रममा आतङ्ककारीहरूले हमला गरेका थिए । बुधवार यहाँको राष्ट्रिय सेनाले प्रकाशन गरेको विज्ञप्तिमा आतङ्ककारीहरूले गरेको हमलामा परेर ११ जना सेना र १५ जना आतङ्ककारी मारिएको जनाएको थियो ।

सो आक्रमणका क्रममा घाइते भएकाहरूको बिहीवार निधन भएको थियो । यहाँको सेनाले सो हमला निकै शक्तिशाली र घातक रहेको भन्दै आक्रमणबाट मारिनेको सङ्ख्या अझ बढ्न सक्ने जनाएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here