जेनेभा, २२ असोज/सिन्ह्वा

विश्व स्वास्थ्य सङ्गठनले सन् २०२१ को अन्त्यसम्ममा विश्वका कम्तीमा पनि ४० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्नुपर्ने लक्ष्य निर्धारण गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले विश्वका सबै देशमा सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकले दुवै अर्थात् पूरा मात्रा खोप लगाउनुपर्ने लक्ष्य निर्धारण गरेको गत बुधवार सार्वजनिक गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेडरस आधनम गेब्रियसले बुधवार ती लक्ष्यका बारेमा विश्वका देशहरूलाई जानकारी गराएका हुन् । उनले विश्वमा कोरोनाविरुद्धको खोप एक चुनौती बन्दै गएको भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि विश्वका देशहरूलाई आग्रह गरे ।

उनले बाँच्न पाउनु हरेक नागरिकको अधिकार हो भन्दै विश्वका धनी देशहरूले गरीब तथा तेस्रो विश्वका देशहरूलाई कोरोनाविरुद्धको खोपको सहयोगका लागि पनि आग्रह गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here