प्रस, वीरगंज, २० असोज/

वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले कोरोना महामारीमा सञ्चारकर्मीहरू आफैं सङ्क्रमित भएर पनि नागरिकलाई सूचना दिने कार्यमा जिम्मेवारीपूर्वक प्रस्तुत भएको बताएका छन् ।

सामुदायिक रेडियोहरूको दक्षिण एशिया क्षेत्रको सङ्गठनको सहयोगमा नारायणी एफएमले बुधवार भिस्वामा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख सरावगीले महामारीको सङ्कटमा सञ्चारगृह सञ्चालन निकै चुनौतीपूर्ण भएपनि सञ्चारमाध्यमहरूले खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।

उनले सामुदायिक रेडियोले खेलेको भूमिका अतुलनीय रहेको बताए । व्यावसायिक र सामुदायिक रेडियोमा खासै भिन्नता नभएको चर्चा गर्दै नगरप्रमुख सरावगीले सामुदायिक रेडियोले सामाजिक दायित्वलाई बुझेर काम गरेको बताए ।

कोभिडमा केन्द्र र प्रदेश सरकारले गर्न नसकेको काम स्थानीय सरकारको हैसियतले वीरगंज महानगरपालिकाले गरेको र सञ्चारमाध्यमको भूमिकाले नै आफूले विपद् व्यवस्थापनमा सहजता महसूस गरेको बताए ।

सामुदायिक रेडियो प्रसारक सङ्घका पूर्वमहासचिव गोविन्द देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, अकोराबकी प्रदेश सदस्य उपासना देव, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here