प्रस, परवानीपुर, २० असोज/
वीरगंज–३० लालपर्सामा महिला हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
६६औं नेपाल प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा भएको कार्यक्रममा महिला हिंसा रोकथामबारे छलफल भएको थियो ।
प्रहरी चौकी परवानीपुरको व्यवस्थापनमा लालपर्सा गाउँको धर्मशालामा सम्पन्न कार्यक्रममा रूढिवादी सोच तथा अशिक्षाको कारण महिला हिंसा हुने गरेको र जबसम्म समाज शिक्षित हुँदैन, तबसम्म यस्तो परिपाटी चलिरहने भएकोले शिक्षामा जोड दिन वक्ताहरूले जोड दिएका थिए ।
दिउँसो १२ देखि २ बजेसम्म चलेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्की, प्रहरी निरीक्षक सौरभ राणा, दीपेन्द्र साह, वडा नं ३० का अध्यक्ष अमानत अन्सारी, प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सुरेशनारायण साह, नमूना युवा क्लब लालपर्साका अध्यक्ष गगनदेव यादव, लालपर्साका अगुवा मनोज यादव, वर्मा यादव, दिनानाथ मण्डललगायत तीन सयभन्दा बढी गाउँलेको सहभागिता थियो ।