राकेश यादव, रौतहट, १९ असोज/

रौतहट चन्द्रपुर नगरपालिका–४ कप्तान टोल बस्ने वर्ष ३८ का सहदेव भन्ने डोलप्रसाद बोलखेलाई इलाका प्रहरी कार्यालय चन्द्रपुरले पक्राउ गरेको छ ।

चन्द्रपुर नपा–३ गैंडाटारका ५० वर्षीय रोहिणीप्रसाद घोरासैनीलाई मार्नको लागि गैंडाटार बस्ने वर्ष ४५ का प्रह्लाद फुयाँल, पर्सा जिल्ला पर्सागढी नगरपालिका–३ बस्ने वर्ष २४ का रमेश पहरी र जिल्ला नवलपरासी (पूर्वी) कावासोती नपा–८ बस्ने वर्ष २३ का सूर्यबहादुर भण्डारीलाई तीन लाख रकम दिएर गत भदौ २६ गते घोरासैनीको हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियोे ।

गैंडाटारस्थित कालापानी सामुदायिक वनको झाँडीभित्र मृतक घोरासैनीलाई मारेर पिरपिरेको रूखको हाँगामा गम्छाको पासो लगाएर झुन्ड्याइएको घटनाको मुख्य योजनाकार सहदेव भन्ने डोलप्रसाद बोलखेलाई खोजतलाश गर्ने क्रममा असोज १७ गते राति काठमाडौंबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

घटना लगत्तै प्रहरीले यसअघि तीनजनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो । पक्राउ परेकाहरूलाई रौतहट जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here