संयुक्त राष्ट्रसङ्घ, १७ असोज/सिन्ह्वा

विश्वका ७५ देशले कोरोना भाइरसविरुद्ध खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोनाविरुद्ध खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने पनि जनाएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा आएका ती देशले विश्व नै महामारीको चपेटामा परेकोले विश्वका सबै देशलाई महामारीबाट बच्ने अधिकार रहेको र यसका लागि खोप उपलब्ध हुनुपर्ने बताएका हुन्। महासभामा आयोजना गरिएको एक बैठकमा विश्वका ती देशले कोरोना भाइरस महामारीको कुनै सीमा नरहेको र विश्वका देशहरूमा पनि एकनासले यसले प्रवेश गरेको भन्दै सो आवाज उठाएका हुन् ।

उक्त बैठकमा चीन पनि सहभागी थियो । चीन कोरोना भाइरसविरुद्ध खोप उत्पादन गर्ने ठूला देशहरूमध्ये एक हो । सो बैठकमा चीनले पनि विश्वमा खोपमा समानता हुनुपर्ने बताएको थियो । राष्ट्रसङ्घमा चिनियाँ प्रतिनिधिले सो धारणा राखेका थिए ।

सो बैठकमा सहभागी भएपछि ती देशका प्रतिनिधिहरूले कोरोना भाइरसलाई विश्वकै जनस्वास्थ्यको एक प्रमुख चुनौतीका रूपमा लिंदै त्यसविरुद्ध लड्न सबैको आवश्यक सहयोग रहेको बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here