प्रस, निजगढ, १७ असोज/
६६औं प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले आइतवार जनचेतनामूलक कार्यक्रम गरेको छ ।
दशैं, तिहार, छठ पर्व नजीकिंदै गर्दा भीडभाड बढी हुने र कोरोना सङ्क्रमणको अवस्था अझै पूर्णरूपमा नियन्त्रणमा आइनसकेको अवस्थामा ‘तपाईंको मास्क खोइ ? तथा प्रभातफेरी कार्यक्रमका साथै जनचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका ट्राफिक प्रहरी निरीक्षक विपिन ओझाले बताए ।
हाटबजार, चोक, चौतारा, पसल, सपिङ मलहरूमा भीडभाड बढ्दै छ । तर कतिपय मानिस विनामास्क हिंड्डुल गरिरहेकाले प्रहरी दिवसको अवसरमा जनचेतनामूलक कार्यक्रम गरिएको उनले बताए । शहीदचोकबाट निस्किएको ¥याली राजमार्ग हँुदै बुद्धचोक पुगी पुनः शहीदचोकमा पुगेर कार्यक्रम समापन गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न राजनीतिक दल, समाजसेवी, सङ्घसंस्था, प्रहरी, पत्रकारलगायतको उल्लेखनीय सहभागिता थियो ।