बलिराम शुक्ला, बिरुवागुठी, १५ असोज/

पर्सागढी नगरपालिका–३ बडनिहारमा सञ्चालित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाको बिग्रिएको जेनेरेटर बनाउने क्रममा शुक्रवार बिहान एकजना मिस्त्रीको मृृत्यु भएको छ ।

पर्सागढी नगरपालिका–३ निवासी ५० वर्षीय रामप्रसाद चौधरीको मृत्यु भएको हो । मृतक चौधरी लामो समयदेखि जेनेरेटर मिस्त्रीको काम गर्दै आइरहेका थिए ।

बिहान जेनेरेटर बनाउने क्रममा मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयहरूले सहकारी संस्थाको लापरवाहीका कारण जेनेरेटर बनाउने क्रममा करेन्ट लागी मृत्यु भएको भन्दै क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए । उनीहरूले क्षतिपूर्ति नदिउन्जेलसम्म शल्यपरीक्षणको लागि शव उठाउन नदिएपछि संस्थाका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, दलका नेताहरूले वार्ताको माध्यमबाट क्षतिपूर्ति दिने सहमति गराएका थिए ।

सहमतिमा संस्थाले मृतक परिवारलाई सवा सात लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवारका एकजना सदस्यलाई संस्थामा जागीर दिने संस्थाका अध्यक्ष जगरनाथ तिवारीले बताए । सहमतिपश्चात् शव शल्यपरीक्षणको लागि नारायणी अस्पताल वीरगंज पठाएको बिरुवागुठी प्रहरी चौकीका इन्चार्ज रासनारायण यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here