माधव तिमिल्सिना, ठोरी, १५ असोज/

ठोरी गाउँपालिका–४ विजयबस्तीमा जारी स्व रामबहादुर श्रेष्ठ गोल्डकप फूटबल प्रतियोगिताको सातौं दिनको खेलमा सिमरा युनाइटेड, बाराले सर्लाही लालबन्दी–११ लाई एकका विरुद्ध चार गोलअन्तरले पराजित गरेको छ ।

सिमराका सबिराज थोकरले ह्याट्रिक गर्दै टीमलाई जीत दिलाएका थिए । मध्यान्तरअघि एक गोल र मध्यान्तरपछि दुई गोल गर्दै थोकरले ह्याट्रिक गरेका हुन् । सिमराको तर्फबाट नीरज थापामगरले मध्यान्तरअघि पहिलो गोल गरेका थिए । खेलको अन्तिम समयमा लालबन्दीका समीर स्याङ्तानले एक गोल गरे । लालबन्दीका लागि गोल गरेका स्याङ्तान खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।

भोलिको खेल वसन्तपुर युनाइटेड, माडी, चितवन र सुवर्ण युवा क्लब, ठोरी–५ बीच हुने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here