चिरञ्जीवी सापकोटा, ठोरी, १५ असोज/

हिन्दूहरूको महान् पर्व विजयादशमीको अवसरमा ठोरी गाउँपालिका–२ को ब्यारेक खेलमैदानमा जारी दशैंकप–२०७८ को तेस्रो दिनको पहिलो खेलमा युवा जागृति क्लब गौतमनगरले युथ युनिटी क्लब इच्छानगरलाई शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको छ ।

खेलको मध्यान्तरसम्म दुवै टीमले गोलरहित खेले पनि मध्यान्तरपछि युवा जागृति क्लबका राजु थापा र सौगात पण्डितले एक/एक गोल गरेर टीमलाई विजयी बनाएका हुन । आजको पहिलो खेलको ‘म्यान अफ दी म्याच’ युवा जागृति क्लब गौतमनगरका प्रवीण खड्का घोषित भएको आयोजक समितिका गोपाल भण्डारीले बताए ।

त्यस्तै, आजको दोस्रो खेलमा निर्मल समाज क्लब ठोरी–१ ले चौतारी गढवालाइन फूटबल क्लबलाई पनि शून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गरेको छ ।

मध्यान्तरअघि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै निर्मल समाज क्लबका समीर थापाले पहिलो गोल गरेका थिए । त्यसपछि अर्काे गोल केवल अधिकारीले गरे । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ निर्मल समाज क्लबका केवल अधिकारी घोषित भए ।

भोलिको पहिलो खेल सनराइज युवा क्लब, ठोरी–३, रामनगर र नवयुवा क्लब, ठोरी–२, गौतमनगरबीच हुनेछ । यसैगरी, दोस्रो खेल मेलचोक फूटबल क्लब ठोरी–४ र युवा हरियाली क्लब ‘ए’ ठोरी–२ हनुमाननगरबीच हुने खेल संयोजक सुनील लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here