प्रस, कलैया, १४ असोज/

कलैयाको भरतचोकमा बिहीवार लोकतान्त्रिक समाजवादी पार्टीको भ्रातृ सङ्गठन लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घ बाराले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गरेको छ ।

हिजो मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साइकल खरीदमा भएको भ्रष्टाचारको विषयलाई लिएर छापा मारेको घटनाको समर्थनमा लोसवि सङ्घले प्रदर्शन गरेको हो ।

विरोध कार्यक्रममा सङ्घका नेताहरू सन्तोष यादव, जयप्रकाश साह, साबिर आलम, सन्त यादवलगायतले छात्राहरूलाई वितरण गर्ने साइकलमा समेत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको राजीनामा माग गरे । उनीहरूले साइकल खरीदमा भ्रष्टाचार देखिएको मात्र हो मुख्यमन्त्रीले पोखरी सौन्दर्यीकरणलगायतका कार्यक्रमहरूमा ठूलो भ्रष्टाचार गरेको आरोप लगाउँदै नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here