काठमाडौं, १४ असोज/रासस

चितवन टाइगर्सले काठमाडौं किङ्स–११ लाई तीन विकेटले पराजित गर्दै चौंथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चितवनले १८ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

चितवनले २ खेलमा ४ अङ्क जोडेको छ । काठमाडौंको २ खेलमा २ अङ्क छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here