काठमाडौं, १४ असोज/रासस

छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली एपिएफ क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्ड हलमा आज भएको खेलमा एपिएफले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै समूह एको विजेतासमेत बन्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपिएफले पुलिसमाथि २५–१४, २१–२५, २५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै एपिएफले दुई खेलमा छ अङ्क जोडेको छ । पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश ग¥यो । पुलिसले दुई खेलमा तीन अङ्क जोड्यो ।

न्यु डायमन्ड स्पोर्ट्स क्लब विजयी

त्यस्तै सोही स्थानमा आज भएको अर्को खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमन्डले आर्मीलाई २७–२५, २५–२२ र २५–२० को सेटमा पराजित ग¥यो ।

यस जितसँगै समूह बीको विजेतासमेत बनेको न्यु डायमन्डले दुई खेलमा छ अङ्क जोड्यो । पहिलो खेलमा न्यु डायमन्डले एभरेष्ट क्लब बुटवललाई हराएको थियो । यस समूहबाट आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आर्मीले दुई खेलमा तीन अङ्क जोड्यो । न्यु डायमन्ड र आर्मीको खेलसँगै महिलातर्फको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ ।

नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश

नेपाल पुलिस क्लब छैटौं संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत पुरुषतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कभर्डहलमा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा ढोरपाटन स्पोट्र्स क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस सेमिफाइलनमा प्रवेश गरेको हो ।

राष्ट्रिय खेलाडीको बाहुल्यता रहेको पुलिसले ढोरपाटनमाथि २५–१९,२५–१८ र २५–१९ को सेटमा जीत निकाल्यो । यस जीतसँगै पुलिस सेमिफाइनलमा पुग्ने दोस्रो टीम बनेको छ । यसअघि साबिक विजेता हेल्प नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारतीय खेलाडीसहित कोर्टमा उत्रिएको हेल्पले नयाँ बजार सामाजिक युवा क्लबलाई २५–२०, २५–१० र २५–१७ मा पराजित ग¥यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको च्याम्पियनशिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ छ टोलीको सहभागिता छ । जसमा च्याम्पियनशिपबाट पुरुषतर्फ सात र महिलातर्फ पाँच टोली आगामी चैतमा आयोजना हुने क्लब लिगका लागि छनोट हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here